Logo
१२ आश्विन २०८१, शनिबार
(September 19, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

समानुपातिकको बन्दसूची बुझाउन निर्वाचन आयोग पुगे दलका नेताहरू

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बुझाउन राजनीतिक दलका नेताहरू निर्वाचन आयोगकको कार्यालयमा पुगेका छन् । निर्वाचन आयोगले बन्दसूची बुझाउन दलहरूलाई ३ असोजसम्म अन्तिम मिति तोकेको थियो ।

आयोग स्रोतका अनुसार नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले बन्दसूची बुझाइसकेका छन् । बाँकी अन्य दलले पनि सूची बुझाउन आइरहेको आयोगको भनाइ छ ।

प्रकाशित मिति: Sep 19, 2022

प्रतिक्रिया दिनुहोस्