Logo
१२ आश्विन २०८१, शनिबार
(September 16, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मध्यरातिबाट प्रतिनिधिसभा अधिवेशन अन्त्य

सरकारले १ असोज मध्यरातिदेखि प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले शनिबार मध्यराति १२ बजेदेखि संसद्को बर्खे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रतिनिधिसभाको बैठक शनिबार दिउँसो १ बजेका लागि बोलाइएको छ । शुक्रबारको बैठकमा धेरै सांसदले आफ्नो बिदाइ मन्तव्य राखेका थिए ।

निर्वाचन आयोगले १ असोजको मध्यरातिदेखि सांसदको कार्यकाल सकिने निर्णय गरेको छ । शुक्रबार आयोगले विज्ञप्ति जारी गर्दै २ असोजमा समानुपातिकतर्फको बन्दसूची बुझाउने कार्यतालिका रहेकाले शनिबार नै सांसदको कार्यकाल सकिने निर्णय गरेको हो ।

प्रकाशित मिति: Sep 16, 2022

प्रतिक्रिया दिनुहोस्