Logo
१२ आश्विन २०८१, शनिबार
(September 13, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र अध्यक्ष ली चान्सु बीच भेटवार्ता

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना नेतृत्वको नेपाली संसदीय प्रतिनिधि मण्डल र नेपाल भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सु नेतृत्वको संसदीय प्रतिनिधि मण्डलबीच मंगलबार छलफल भएको छ ।

संघीय संसद् भवनमा अध्यक्ष तिमिल्सिना नेतृत्वको राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका नेता, सचेतक तथा सांसदहरूसँग चान्सु नेतृत्वको प्रतिनिधि मण्डलबीच द्विपक्षीय भेटवार्ता भएको हो ।

चार दिने नेपाल भ्रमणका लागि हिजो नेपाल आएका लीले आज नै प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गर्नेछन् । उनले एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि बुधबार बिहान संसद् भवनमा बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ ।​

 

सोमबार ली र नेपालको प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाबीच ६ बुँदे सम्झौता भएको थियो । संघीय संसद भवन नयाँ बानेश्वरको तिलिचो हलमा भएको उनीहरुबीचको शिष्टाचार भेटमा सम्झौता भएको थियो । सोमबार नै सापकोटाले लीको सम्मानमा रात्रिभोजको आयोजना गरेका थिए। ​

प्रकाशित मिति: Sep 13, 2022

प्रतिक्रिया दिनुहोस्