Logo
९ मंसिर २०८१, आईतबार
(September 13, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कारवाही सिफारिसमा परेकाहरु उम्मेदवार सुचीमा परेपछि सुनसरी कांग्रेसमा हडकम !

प्रदेश १ स्थित नेपाली कांग्रेस सुनसरीको उम्मेदवार सुचीमा अन्तरघातीहरुको पनि नाम उल्लेख भएपछि पार्टी भित्र झन द्वन्द्व बढेको छ ।

सुनसरी २ (ख) का लागि सिफारिस भएका उम्मेदवारहरु मध्ये लालीप्रसाद मेहता र कुन्दन यादवको नाम उल्लेख भएपछी पार्टीमा अन्तरद्वन्द्व बढेको हो ।

दुवै जना अन्तरघातको आरोपमा स्थानीय पालिका समिती मार्फत कारवाही सुचिमा रहेका आरोपीतहरु हुन् ।

स्थानीय तहको चुनावपछि देवानगंज गाउँपालिका समितिले पार्टीलाई अन्तरघात गरेको भन्दै लालीप्रसाद मेहता र कुन्दन यादव सहित ४१ जनालाई कारवाही गर्न सिफारिस गरेको थियो ।

तर जिल्ला कार्यसमितिले ती ४१ जनाबारे छलफल बिना नै कुनै निर्णय नगराई उल्टै उम्मेदवार सुचीमा नाम उल्लेख गरेपछी सुनसरी दक्षिणीभेगका नेताहरू रुष्ट बनेका हुन् ।

देवानगंज १ मध्यहर्षाहीमा आयोजित एक कार्यक्रममा पालिका सभापति जगधर यादवले छ्लफल बिना नै आरोपितहरुको नाम सिफारिस भएकोमा आपत्ति जनाए ।

“हामिले जसलाई कारवाही गरेका छौं, ज-जस्ले आफ्नै पार्टीका उम्मेदवारलाई हराउने कार्य गरे तिनीहरु पनि उम्मेदवार बनेका छन् ।” बिपि जयन्तीको अवसरमा आयोजित कार्यक्रममा यादवले भने- “भोलि टिकट नै पाईहाले भने हामिले कुन मुखले भोट माग्न जाने ? ती उम्मेदवारहरुलाई कस्ले दिनेछन् मत ?”

लाली मेहता, कुन्दन यादव, सन्तोष भगत सहित ४१ जनाले असहयोग गरेका र विपक्षीलाई सघाएका कारण पालिका अध्यक्षमा कांग्रेसका उम्मेदवार श्यामलाल मेहताको हार भएको नेपाली कांग्रेस देवानगंजले ठहर गरेको थियो ।

प्रदेशसभा क्षेत्रको बैठकमा लाली मेहताको नाम प्रस्ताव भए लगतै दक्षिणीभेगका नेताहरू मजलुम मिया, दिनेश यादव, अशोक यादवले बैठकमै विरोध गरेका थिए । तर पनि ती ब्यक्तिहरुको नाम काठमाडौंसम्म पुगेपछि दक्षिणीभेगका नेताहरू रुष्ट भएका हुन् ।

श्रोतका अनुसार प्रदेश क्षेत्रीय समिती सभापति समेत रहेका श्यामलाल मेहता पनि रुष्ट रहेका छन् । यद्यपि उनले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् । कांग्रेसको औपचारिक कार्यक्रमहरुमा उनी आउने गरेका छैनन् ।

यता प्रदेश सभाका लागी यसपटक दक्षिणी भेगका नै कुनै उम्मेदवारले टिकट पाउने अवस्था देखिएपछि लाली मेह्ताले प्रदेश कार्यसमितिका सचीव प्रकाश मेहता मार्फत आफ्नो उम्मेदवारी प्रस्तूत गर्न लगाएका थिए ।

सुरुमा आफू चुनाव न लड्ने भन्दै आएका ८८ वर्षीय मेहताले अचानक उम्मेदवारी प्रस्तूत गर्न लगाएका थिए । कुन्दन यादवको नाम भने साहेवगंजका आशोक यादवले प्रस्ताव गरेका थिए ।
श्रोतका अनुसार दक्षिणीभेगका अभियन्ता तथा चर्चित पत्रकार युवा उम्मेदवार वीरेन्द्र केएमको उम्मेदवारीलाई रोक्न दक्षिणीभेगबाट अन्य उम्मेदवारीहरु पनि परेका हुन् ।

अर्का उम्मेदवार तथा महाधिवेशन प्रतिनिधि रफुल अन्सारीले आफूलाई टिकट दिए राम्रो तर नदिएपनी दक्षिण भेगका कुनै युवालाई टिकट दिनुपर्ने भन्दै आएका छन् ।

त्यस्तै लाली मेहताले पनि पार्टीले जसलाई टिकट दिए आफू उसैलाई सघाउने भन्दै आएका छन् । दक्षिणीभेगका नेताहरू “एमालेका ७६ वर्षीय उम्मेदवार रामप्रसाद मेहतालाई हराउन नेपाली कांग्रेस कुनै युवालाई उतार्नुपर्ने माग गर्दै आएका छन् । रामप्रसादले आफ्नो जातीय भोट बैंक दक्षिणी भेग भएको दावी गरिरहेका बेला कांग्रेसले सोही जातका युवा उम्मेदवारलाई उतारेपछि मात्र पार्टीले जीत हासिल गर्ने तर्क गर्दै आएका छन् ।

पालिका समितिको तत्कालीन कारवाही सिफारिस :

प्रकाशित मिति: Sep 13, 2022

प्रतिक्रिया दिनुहोस्