Logo
१२ आश्विन २०८१, शनिबार
(September 12, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जना महिलाको मृत्यु 

सप्तरीको शम्भुनाथ नगरपालिका–५ मोहनपुरमा आज मोटरसाइकल दुर्घटना हुँदा एक जना महिलाको मृत्यु भएको छ ।

पूर्व पश्चिम राजमार्गमा प्रदेश २ ०१ ००२ प ३९९३ नम्बरको मोटरसाइकल सडकमा रहेको कुकुरलाई बचाउने क्रममा आज बिहान साढे ८ बजे दुर्घटनामा परेको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएकी मोटरसाइकलमा सवार सप्तरीकै बोदेवर्साइन नगरपालिका–२ की ४५ वर्षीया अञ्जना देवी यादवलाई अस्पताल र्पुयाउना साथ डाक्टरले मृत घोषणा गरेका थिए ।

मोटरसाइकल चालक तथा अञ्जनाका श्रीमान भने सकुशल रहेको सप्तरी प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Sep 12, 2022

प्रतिक्रिया दिनुहोस्