Logo
११ आश्विन २०८१, शुक्रबार
(September 4, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसदको कार्यकालसम्बन्धी ल्याइएकाे विधेयकमाथि प्रतिनिधिसभामा छलफल सुरु

प्रतिनिधिसभाको कार्यकालसम्बन्धीसहित ल्याइएको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९ माथि सामान्य छलफल सुरु भएको छ ।

आइतबारको प्रतिनिधिसभा दोस्रो बैठकमा उक्त विधेयकमाथि सैद्धान्तिक छलफल सुरु भएको हो । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद शर्मा कोइरालाले केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७९ प्रस्ताव (विधेयक) राखेपछि सामान्य छलफल सुरु भएको हो ।

आइतबारको पहिलो  बैठकमा मन्त्री शर्माले उक्त विधेयक पेस गरेका थिए । प्रतिनिधिसभाको कार्यकालबारे रहेको अन्योल चिर्नसहित उक्त विधेयक ल्याएको उनले दाबी गरेका थिए ।

अहिले जारी दोस्रो बैठकमा उक्त विधेयकमाथिको सामान्य छलफलमा सांसदहरुले आ-आफ्नो धारणा राखिरहेका छन् ।

प्रकाशित मिति: Sep 4, 2022

प्रतिक्रिया दिनुहोस्