बार्सिलोनाले दियो नेमारलाई क्लब छाड्ने अनुमति
नेमारले बार्सिलोना छाडेर पेरिस सेन्ट जर्मन (पीएसजी) जान लागेको खबरले दुईहप्ता बढी चर्चा पाएपछि अन्ततः बार्सिलोनाले नेमारलाई क्लब छाड्ने अनुमति दिएको छ । योसँगै नेमार कीर्तिमानी २ सय २२ मिलियन यूरोमा पीएसजी जाने पक्कापक्की भएको छ ।
यसअघि विश्व फुटबलको इतिहासमा म्यानचेस्टर युनाइटेडले पाउल पोग्बालाई ८९.३ मिलियन पाउण्डको कीर्तिमानी रकममा भित्र्याएको थियो। सो रकम भन्दा झण्डै दोब्बर रकममा नेमार बार्सिलोना छाडेर पीएसजी जान लागेका हुन् ।
बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भेलभार्डाेले नेमारलाई क्लब छाड्ने अनुमति दिँदै सुन्दर भविष्यको कामना गरेका छन्। त्यसैकारण बुधबारको नियमित अभ्यासमा नेमार सहभागी भएनन् । पीएसजीसँगको हस्ताक्षरसँगै नेमार विश्वका सवैभन्दा महंगा फुटबलर बन्नेछन् ।
बार्सिलोनामा सधै लिओनल मेसीभन्दा दोस्रो दर्जाको खेलाडीमा आफूलाई गन्ती गरिने कारणबाट रुष्ट रहेका कारण उनले क्लब छाड्ने निर्णय लिएको समाचारमा जनाइएको छ । २५ बर्षे नेयमारले मेसीसँगै क्लबमा आवद्ध भएसम्म बालान डे’ओर लगायतका प्रतिष्ठित अवार्डहरु हात नपारेको ठम्याइका साथ क्लब छोड्ने निधो गरेका हुन् । एजेन्सीकाे सहयोगमा