Logo
११ आश्विन २०८१, शुक्रबार
(August 29, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीनमा भारी वर्षापछि ४६ हजार मानिसलाई सुरक्षित क्षेत्रमा सारियो

चीनको सिचुआन प्रान्तमा शनिबारदेखि परेको भारी वर्षाका कारण रातारात ४६ हजार ४ सय मानिसलाई सुरक्षित स्थानमा सारिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । बाढीले चेङ्दु, गुआङ्युआन र गार्जे तिब्बती स्वायत्त प्रिफेक्चरलगायतका सात सहर र प्रिफेक्चर प्रभावित भएको जनाइएको छ ।

ग्लोबल टाइम्सका अनुसार सिचुआनका सहरह, प्रिफेक्चर र चेङ्दुको उत्तर र उत्तरपश्चिममा यो साताको अन्त्यमा भारी वर्षा हुनेछ भने मियानयाङ, याआन, गुआङ्युवान, देयाङ, आबा र गार्जे प्रान्तहरूमा पनि मध्यमदेखि भारी वर्षा हुनेछ । केन्द्रीय मौसम विज्ञान पर्यवेक्षकले आइतबार बिहान पानी पर्नका लागि ब्लू अलर्ट जारी गरेको छ ।

राष्ट्रिय मौसम विज्ञान केन्द्रले आइतबार बिहान पूर्वी सिचुआनलगायत देशका केही भागहरूमा उच्च तापक्रमको लागि पहेंलो चेतावनी जारी गरेको थियो । चीनमा ६ दशकयताकै सबैभन्दा खराब गर्मीले देशको आर्थिक क्षेत्रलाई प्रभावित गरेको छ ।

प्रकाशित मिति: Aug 29, 2022

प्रतिक्रिया दिनुहोस्