Logo
११ आश्विन २०८१, शुक्रबार
(August 24, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बन्दको दिन मापसे गरी सवारी साधन चलाउने १७४ जनामाथि कारवाही

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ७३४ जना सवारी चालकमाथि कारवाही गरेको छ ।

ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई उपत्यकाको विभिन्न स्थानमा मंगलबार कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

मंगलबार नेत्र विक्रम चन्द ‘विप्लव’ समूहले नेपाल बन्दको आव्हान गरेको थियो । सोही दिन उपत्यकामा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाएकोमा १७४ जनामाथि कारवाही गरिएको कार्यालयले जनाएको छ ।

कारवाहीमा पर्नेमा लने अनुशासन पालना नगर्ने ५६, रेड लाइटमा सवारी साधन चलाउने ६२, निषेधित क्षेत्रमा हर्न बजाउने ८४ र नम्वर प्लेट राम्रोसँग नराख्ने २५ जना सवारी चालक रहेका छन् । यस्तै, २ हजार ३३३ जनालाई अन्य कारवाही गरिएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: Aug 24, 2022

प्रतिक्रिया दिनुहोस्