Logo
११ आश्विन २०८१, शुक्रबार
(August 23, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बारामा सवारी साधनसको ठक्करबाट एक जना पुरुषको मृत्यु

बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६ मा गएराती सवारी साधनको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय पुरुष रहेका छन् ।

कलैया स्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा उनको आज बिहान पौने ५ बजे मृत्यु भएको प्रहरी चौकी पथलैयाले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन ।

गएराती १२ बजे नम्बर खुल्न नसकेको सवारी साधनले उनलाई ठक्कर दिएको र दुर्घटना पश्चात सवारी साधन हित फरार रहेका चालकको खोजी भइरहेको बारा प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: Aug 23, 2022

प्रतिक्रिया दिनुहोस्