Logo
११ आश्विन २०८१, शुक्रबार
(August 19, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चितवनमा ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

चितवनको ईच्छाकामना गाउँपालिका–४ कुरिनटारमा आज बिहान ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक दैलेखको ल्याती बिन्द्रासाईनी नगरपालिका–६ का २५ वर्षीय सरोज रोकाया र पछाडी सवार काठमाण्डौका ३२ वर्षीय सरोज माझी रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचार क्रममा नयाँ मेडिकल कलेजमा मृत्यु भएको हो ।

काठमाण्डौबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख ५९१३ नम्बरको ट्रकमा आज बिहान साढे ३ बजे सोही दिशातर्फ जाँदै गरेको बा ८८ प ५३०१ नम्बरको मोटरसाइकल पछाडीबाट ठोक्किएको थियो ।

ट्रक सहित चालकलाई इलाका प्रहरी कार्यालय मुग्लिङले नियन्त्रणमा लिएको छ ।

 

प्रकाशित मिति: Aug 19, 2022

प्रतिक्रिया दिनुहोस्