Logo
२ कार्तिक २०८१, शुक्रबार
(August 4, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रचण्डको भनाई : राजपाले चाहे तुरन्त संशोधन विधेयक पेश हुन्छ

जनकपुर : सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय जनता पार्टी, नेपाल आसन्न सबै तहको निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गरेका छन् । मंगलबार जनकपुरमा स्थानीय संचारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै उनले राष्ट्रिय जनता पार्टीका कारण निर्वाचन रोक्नुपर्ने कुनै कारण नरहेको पनि उल्लेख गरे ।

अध्यक्ष दाहालले राष्ट्रिय जनता पार्टी, नेपालले चाहे मात्रै संविधान संशोधन प्रस्ताव निर्णयार्थ पेश हुने पनि स्पष्ट पारे । अध्यक्ष दाहालले आफू प्रधानमन्त्री हुँदा पनि संविधान संशोधन प्रस्ताव निर्णयार्थ पेश गर्न प्रयास गरिएको तर पारित हुने अवस्था नभएपछि प्रक्रियामा नलगिएको पनि स्मरण गराए ।

अध्यक्ष दाहालले मधेशमा छुट्टै देश हुनुपर्छ भन्ने र पहाडे राष्ट्रवाद दुवै अतिवादी सोच भएको उल्लेख गर्दै आफ्नो पार्टी त्यस विरुद्ध रहेको पनि बताए । उनले जनकपुरलाई महानगर बनाउने आश्वासन पनि दिए । अध्यक्ष दाहालले जनकपुरलाई स्याटलाईट पर्यटकीय सहरको रुपमा विकास गर्ने दावी पनि गरे । उनले जनकपुर विमानस्थललाई स्तरोन्नति गरेर अन्तराष्ट्रिय विमानस्थल बनाउन पहल गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

प्रकाशित मिति: Aug 1, 2017

प्रतिक्रिया दिनुहोस्