Logo
११ आश्विन २०८१, शुक्रबार
(August 15, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रुपन्देहीमा चल्याे गाेली, युवा घाईते

रुपन्देहीको ओमसतियामा अज्ञात समूहले युवालाई गाेली हानी फरार भएकाे छ ।
आइतबार राति करिब ११ बजे ओमसतिया-४ बसन्तपुर वडा कार्यालय अगाडी सि.न.प १ बेलाहिया बस्ने ३१ वर्षीय बिकास गुरुङलाई उक्त समूहले गोली हानी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सहायक प्रवक्ता वेदबहादुर पौडेलले बताए ।

नम्बर नखुलेको पल्सर मोटरसाइकलमा सवार तीनजनाको समूहले मोटरसाइकलमै सवार गुरुङमाथि एक राउण्ड गोली हानेकाे स्थानीयले बताएका छन्प । गुरुङको पेटकाे छेउमा गोली लागेका र युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेकाे छ । घटना लुटपाट वा के हाे भन्ने खुलेकाे छैन । गोली कसले चलायाे बारे अनुसन्धान भइरहेकाेे छ ।

प्रकाशित मिति: Aug 15, 2022

प्रतिक्रिया दिनुहोस्