Logo
१० आश्विन २०८१, बिहीबार
(August 10, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इजरायली सेनाको हमलामा दुई प्यालेस्टाइनीको मृत्यु

इजरायली सेनाले कब्जा गरेको वेस्ट बैंक सहर नाब्लसको एउटा घरमा छापा मार्ने क्रममा एक वरिष्ठ लडाकु कमाण्डरसहित दुई प्यालेस्टाइनीको मृत्यु भएको छ ।

गाजाको तटीय क्षेत्रमा इजरायल र इस्लामिक जिहाद लडाकुबीचको घातक लडाइँ युद्धविरामद्वारा रोकिएको दुई दिनपछि पछिल्लो हिंसा भएको हो ।

नाब्लसको पुरानो सहरमा प्यालेस्टिनी र इजरायली सुरक्षा बलबीच गोली हानाहान गरेका छन् । गोली हानाहानमा ४० प्यालेस्टिनी घाइते भएका छन् । तीमध्ये चार जनाको अवस्था गम्भीर छ ।

‘आतंकवादी इब्राहिम अल–नाबुलसी नाब्लस शहरमा मारिएको थिए’ इजरायली सेनाले एक विज्ञप्तिमा भनेको छ ।

प्रकाशित मिति: Aug 10, 2022

प्रतिक्रिया दिनुहोस्