Logo
९ आश्विन २०८१, बुधबार
(August 7, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि संसदमा छलफल सुरु

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमाथि छलफल सुरु भएको छ ।

प्रतिनिधिसभाको जारी बैठकमा जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल भइरहेको छ ।

अहिलेसम्म सो छलफलमा खगराज अधिकारी, पुष्पकुमारी कर्ण कायस्थ, महेश बस्नेत, निरुदेवी पाल डा सूर्यप्रसाद पाठक, चाँदतारा कुमारी, घनश्याम खतिवडा छलफलमा सहभागी भइसकेका छन् ।

जबराविरुद्धको महाअभियोग प्रस्तावमाथिको छलफलमा सहभागी सबै सांसदहरुले ढिलोगरी छलफल गरिएकोप्रति आपत्ति जनाए ।

मौजुदा संसदको आयुले महाअभियोग प्रस्तावको किनारा लगाउन पर्याप्त समय नभएको उनीहरुको भनाइ छ ।

 

प्रकाशित मिति: Aug 7, 2022

प्रतिक्रिया दिनुहोस्