Logo
९ आश्विन २०८१, बुधबार
(August 7, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसदमा प्रदीप ज्ञवालीले भने – अर्थमन्त्रालयमा सचिवहरुको भागभाग छ

एमाले सांसद प्रदीप ज्ञवालीले संसदीय छानबिन समितिको अपूर्ण प्रतिवेदनका कारण अर्थमन्त्रालयमा सचिवहरुको भागभाग रहेको बताएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा उनले बजेट बनाउने क्रममा गत १४ जेठ मध्यराति भएका विषयमा छानबिन गर्न गठित संसदीय समितिले अपूर्ण प्रतिवेदन बुझाएको बताए । जस कारण अर्थमन्त्रालयमा कुनै पनि सचिव जान नमानेको र भएका सचिवले पनि सरुवा मागेको उनको भनाइ छ ।

‘कुनै बेला अर्थमन्त्रालयमा सचिव जान हानथाप गर्थे । तर, अहिलेसचिव अर्थमन्त्रालयमा जान नमान्ने, भएकाले पनि सरुवा माग्ने अवस्था सृजना भयो । मन्त्रालयमा सचिव भागाभागको अवस्था सृजना हुनुमा छानबिन समितिको अपूर्ण प्रतिवेदन, अथवा १४ जेठको घटना प्रतिउत्पादक अवस्था बनेको छ,’ ज्ञवालीले भने ।

प्रकाशित मिति: Aug 7, 2022

प्रतिक्रिया दिनुहोस्