Logo
९ आश्विन २०८१, बुधबार
(August 4, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौंबाट स्रोत नखुलेको साढे ४९ लाखसहित एक जना पक्राउ

काठमाडौं महानगरपालिका–६ तिनचुली बगला मार्गबाट स्रोत नखुलेको ४९ लाख ५० हजार ५० रूपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखा चुमनुब्री गाउँपालिका–१ घर भएका २४ वर्षीय धावा घ्याल्चेन रहेका छन् । उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका–६ भूकुटी चोकबाट बा.९९ प ७२०४ नम्बरको मोटरसाइकलमा सवार घ्याल्चेनलाई स्रोत नखुलेको नगद ३२ लाख ५० रूपैयाँ सहित फेला पारी प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो ।

अनुसन्धानको क्रममा प्रहरीले उनको कोठाबाट थप १७ लाख ५० हजार रूपैयाँ फेला पारेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: Aug 4, 2022

प्रतिक्रिया दिनुहोस्