Logo
९ आश्विन २०८१, बुधबार
(August 4, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीनको सैन्य अभ्यास गैरजिम्मेवार : अमेरिका

अमेरिकाले सभाकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको बदलामा चीनको सैन्य अभ्यासलाई गैरजिम्मेवारपूर्ण भनेको छ । स्थिति नियन्त्रण बाहिर जाने खतरा रहेको पनि उनले चेतावनी दिएका छन् ।

‘हामी विश्वास गर्छौं कि चीनले जे गरिरहेको छ, त्यो जिम्मेवार छैन’, राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले राष्ट्रिय सार्वजनिक रेडियोसँगको एक अन्तर्वार्तामा भने ।

बेइजिङले बुधबार पेलोसीको ताइपेय भ्रमणको बदलास्वरूप ताइवानलाई घेरेर सैन्य अभ्यासको तयारी गरेको छ । ताइवानलाई चीनले आफ्नो क्षेत्रको हिस्सा मान्दै आएको छ, जसलाई ताइपेयले अस्वीकार गरेको छ ।

सुलिभानले बेइजिङलाई ताइवान स्ट्रेटमा तनाव कम गर्न आग्रह गरे ।

प्रकाशित मिति: Aug 4, 2022

प्रतिक्रिया दिनुहोस्