Logo
९ आश्विन २०८१, बुधबार
(July 29, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नागढुङ्गाबाट बिल बिनाको १३५ बोरा रासायनिक मल बरामद

चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गाबाट प्रहरीले बल बिनाको १ सय ३५ बोरा रासायनिक मल बरामद गरेको छ ।

ना.६ ख ५४८८ नम्बरको ट्रकबाट बिल बिनाको उक्त रासायनिक मल बरामद गरिएको प्रहरीले जनाएको छ ।

ट्रकका चालक मकवानपुर मनोहरी गाउँपालिका–९ बस्ने २३ वर्षीय स्वदेश उप्रेतीलाई बुधबार पक्राउ गरिएको छ ।

वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको उक्त ट्रकलाई प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बिल बिनाको उक्त रसायनिक मल फेला पारी उनलाई पक्राउ गरेको हो ।

उनलाई बरामद मल र ट्रक सहित आवश्यक कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।

प्रकाशित मिति: Jul 29, 2022

प्रतिक्रिया दिनुहोस्