Logo
९ आश्विन २०८१, बुधबार
(July 27, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोरङमा रोकिराखेको ट्रकमा कार ठोक्किँदा एक जनाको मृत्यु

मोरङको बेलबारी नगरपालिका–८ मतुवामा ट्रकमा कार ठोक्किँदा कारमा सवार एक किशोरको मृत्यु भएको छ । दुर्घटनामा कार चालक घाइते भएका छन् ।

मृत्यु हुनेमा कारमा सवार झापाको दमक नगरपालिका–४ का १४ वर्षीय राजु बराइली रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारको क्रममा विराटनगर स्थित नोबेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कार चालक बेलबारी नगरपालिका–१ का २२ वर्षीय सन्दिप लामिछानेको सोही अस्पतालमा उपचार भइरहेको छ ।

रोकिराखेको को १ ख ८००४ नम्बरको ट्रकमा बा ११ च २४५८ नम्बरको कार आज बिहान ७ बजे ठोक्किएको थियो । दुबै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: Jul 27, 2022

प्रतिक्रिया दिनुहोस्