Logo
९ आश्विन २०८१, बुधबार
(July 27, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पेलोसीको ताइवान भ्रमणको हल्लाले बेइजिङ क्रुद्ध

अमेरिकी हाउस अफ रिप्रिजेन्टेटिभका सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको हल्लाले चीन क्रुद्ध बनेको छ । सभामुख पेलोसीले आगामी साता ताइवानको भ्रमण गरेमा त्यसले ‘गम्भीर परिणाम’ निम्त्याउने सोमबार चीनले चेतावनी दिएको छ । श्रीमती पेलोसी सन् १९९७ पछि स्वशासित टापुको यात्रा गर्ने उच्च श्रेणीको अमेरिकी राजनीतिज्ञ हुनेछिन् ।

चीनले स्वशासित ताइवानलाई आफूबाट टुक्रिएको एउटा प्रान्तको रूपमा लिँदै पुनः देशको हिस्सा बन्ने विश्वास गर्छ । यो उदेश्य प्राप्तिका लागि उसले सम्भावित बलसमेत प्रयोग गर्ने उसले संकेत गर्दै आएको छ ।

तर, विदेश मन्त्रालयले श्रीमती पेलोसीले कुनै यात्राको घोषणा नगरेको र ताइवानप्रति अमेरिकी दृष्टिकोण अपरिवर्तित रहेको जनाएको छ ।

पेलोसीले पनि भ्रमणबारे केही भनेकी छैनन् तर ताइवानलाई सहयोग गर्नु महत्वपूर्ण हुने उनले बताउँदै आएकी छिन् । पेलोसी अप्रिलमा ताइवानको भ्रमण गर्ने योजना बनाएकी थिइन् । तर, कोभिड पोजेटिभ देखिएपछि उनले आफ्नो योजना स्थगित गरेकी थिइन् ।

प्रकाशित मिति: Jul 27, 2022

प्रतिक्रिया दिनुहोस्