Logo
८ आश्विन २०८१, मंगलबार
(July 22, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वीरबहादुर खड्काको संयोजकत्वमा महिला साफको आयोजक कमिटी गठन

वरिष्ठ उपाध्यक्ष वीरबहादुुर खड्का (बच्चु) को संयोजकत्वमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले १८ सदस्यीय साफ च्याम्पियनसिप आयोजक समिति गठन गरेको छ । शुक्रबार एन्फाले चारै उपाध्यक्षसहित प्रतियोगिता सञ्चालनका लागि १८ सदस्यीय आयोजक समिति गठन गरेको हो ।

यसअघि बिहीबारको एन्फा कार्यसमिति बैठकमा साफ च्याम्पियनसिप आयोजनाको एजेन्डा रहे पनि विवादको कारण बैठक बस्न सकेन । तर, एन्फाले शुक्रबार आफ्नो साइटमार्फत आयोजक समिति गठनसहित मुख्य प्रशिक्षक, भेन्यु म्यानेजरलगायत विभिन्न समिति गठन गरेको जनाएको हो ।

यस्तै, रवीन्द्र चन्दलाई एन्फाले भेन्यु म्यानेजरको जिम्मेवारी सुम्पिएको छ । यता, विजय घले ‘लोकल जेनेरल कोर्डिनेटर’ नियुक्त भएका छन् । दिनेश व्यञ्जनकारले सुरक्षा विभाग पाएका छन् भने सञ्जिव सिल्पाकारले मार्केटिङ तथा ब्रोर्डकाष्टिङ र डिजिटल राइट्सको जिम्मेवारी पाएका छन् ।

यस्तै, एन्फाले कुमार थापालाई राष्ट्रि महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । पूर्व खेलाडी थापा विभागीय टोली एपीएफ फुटबल क्लबको पुरुष टोलीका मुख्य प्रशिक्षकसमेत हुन् ।

यसअघि अष्ट्रेलियन नागरिक ग्यारी फिलिप्सले महिला टोली छाडेयता टिम प्रशिक्षकविहीन थियो । ग्यारीको अनुपस्थितिमा चेतन घिमिरेले टिम हेरेका थिए ।

यस्तै, एन्फाले महिला फुटबल टोलीको म्यानेजरमा पूर्व महिला संघकी अध्यक्ष बिन्द्रा देवानलाई नियुक्त गरेको छ । महिला साफ ६ देखि १९ सेप्टेम्बरसम्म काठमाडौंमा हुँदै छ ।

प्रकाशित मिति: Jul 22, 2022

प्रतिक्रिया दिनुहोस्