Logo
८ आश्विन २०८१, मंगलबार
(July 22, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर्मचारी निकालिएको विराेधमा प्रदर्शन

रुपन्देही मर्चवारी गाउँपालिकामा कर्मचारी निकालिएको भन्दै विराेध प्रदर्शन गरिएको छ । गाउँपालिकाका अध्यक्ष गयाप्रसाद बरईले साविकका जनप्रतिनिधिले नियुक्त गरेका कर्मचारीको ठाउँमा नयाँ कर्मचारी नियुक्त गर्न खोजेकाे भन्दै स्थानीय, करारका कर्मचारी तथा पूर्वजनप्रतिनिधिहरूले शुक्रबार प्रदर्शन गरेका हुन् ।

५ वर्षदेखि सेवा गर्दै आएका पालिकास्तरका २८ जनालाई कर्मचारीलाई हटाउन खोजेको भन्दै गाउँपालिक अध्यक्ष र प्रशासकीय अधिकृतविरुद्ध प्रदर्शन गरेको निवर्तमान पालिका अध्यक्ष केशव नन्द बनियाले बताए ।

प्रदर्शनकारीले कार्यालय अगाडि टायर बालेर नाराबाजी गरेका छन् ।

प्रकाशित मिति: Jul 22, 2022

प्रतिक्रिया दिनुहोस्