Logo
८ आश्विन २०८१, मंगलबार
(July 20, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

श्रीलंकाको राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित

श्रीलंकाका कार्यबहाक राष्ट्रपति रनिल विक्रमासिंघे राष्ट्रपतिमा निर्वाचित भएका छन् । नवनिर्वाचित राष्ट्रपति विक्रमासिंघे सन् २०२४ सम्म पदमा रहनेछन् । राष्ट्रपतिका लागि तीन जना उम्मेदवार प्रतिष्प्रर्धामा थिए ।

२२५ सदस्यीय सदनमा ६ पटक प्रधानमन्त्री बनेका ७३ वर्षीय विक्रमासिंघेले १३४ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी तथा असन्तुष्ट सत्तारुढ दलका नेता दुल्लास अलाहपेरुमाले ८२ मत पाए । वामपन्थी जनता विमुक्ति पेरामुना (जेभीपी) का नेता अनुरा कुमारा दिसानायकेले जम्मा तीन मत पाए ।

विक्रमासिंघेलाई प्रदर्शनकारीहरूले खासै मन पराउँदैनन् । उनलाई राजापाक्षेको सहयोगीका रूपमा हेर्छन् । प्रदर्शनकारीले प्रधानमन्त्री पदबाट राजीनामा माग गर्दै प्रदर्शन गरेका थिए । कार्यवाहक राष्ट्रपति बनेपछि उनले देशमा संकटकाल घोषणा गरेका थिए ।

प्रकाशित मिति: Jul 20, 2022

प्रतिक्रिया दिनुहोस्