Logo
८ आश्विन २०८१, मंगलबार
(July 20, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नाग्म-गमगढी सडक अवरुद्ध

कर्णाली राजमार्ग अन्तर्गत नाग्म–गमगढी सडक अवरुद्ध भएको छ । निरन्तरकाे वर्षातले बाढी आएपछि सिंजा गाउँपालिका –२ विष्टवाडास्थित खोलामा सडक अवरुद्ध भएपछि समस्या भएको हो ।

२ नम्बर वडाध्यक्ष तिर्थ वडका अनुसारका विष्टवाडा खोलामा ठूलो बाढी आएको छ । खोलामा सवारी साधान आवतजावत गर्न सक्ने अवस्था छैन । सवारी साधन खोला वारी र पारी रोकिएका छन् । यात्रु अलपत्र परेका छन् ।

सिंजा गाउँपालिका–३ नराकोट पालिका भवनस्थित हिमा नदीमाथि मानिससहित सवारी साधन आवतजावत गर्न मिल्ने काठेपुल निर्माण गरिएको थियो । बाढीले हिमा नदीको बहाव बढेपछि काठेपुल पनि बन्द भएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए ।

प्रकाशित मिति: Jul 20, 2022

प्रतिक्रिया दिनुहोस्