Logo
८ आश्विन २०८१, मंगलबार
(July 20, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्ध

लगातारको वर्षाका कारण डुम्रे–बेँसीसहर सडकखण्डअन्तर्गत उदिपुर सडकखण्ड अवरुद्ध भएको छ ।

मङलबारदेखिको निरन्तर बर्षाका कारण मंगलबार रातीदेखी उक्त सडकखण्ड अवरुद्ध भएको हो ।

बेँसीसहर नगरपालिका–१ उदिपुरको देउरालीडाँडामा गएको पहिरोका कारण सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख कृष्ण बहादुर कार्कीका अनुसार उदिपुर सडकको वैकल्पिक रुपमा रहेको नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने भागमा माथिबाट लेदो आएर सडक अवरुद्ध बनेको हो ।

गत वर्ष र असार पहिलो साताको पहिरोले डुम्रे बेँसीसहरको देउराली डाँडाको सडक नै बगाएपछि उक्त स्थानबाट वैकल्पिक सडकको रुपमा सञ्चालन हुँदै आएपनि यस खण्ड समेत पटक पटक पहिरोले अवरुद्ध हुँदै आएको छ ।

सडकखण्ड अबरुद्ध हुँदा बेँसीसहरबाट गएका सवारीसाधन बेँसीसहरतर्फ र डुम्रेबाट आएका डुम्रेतर्फ नै रोकिएका छन्।

प्रकाशित मिति: Jul 20, 2022

प्रतिक्रिया दिनुहोस्