Logo
८ आश्विन २०८१, मंगलबार
(July 19, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ अचानक बिरामी परेपछि कार्यसमिति बैठक स्थगित

अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ अचानक बिरामी परेपछि सोमबार स्थगित भएको कार्यसमिति बैठक बिहीबार हुने भएको छ ।

मंगलबार एन्फाले वेभसाइटमार्फत स्थगित बैठक बिहीबार बिहान ७ बजे सातदोबाटोस्थित एन्फा मुख्यालयमा हुने जनाएको हो ।

साधारणसभाले गत ६ असार नयाँ नेतृत्व चयन गरेपछि कार्यसमितिको दोस्रो बैठक सोमबार दिउँसो तीन बजे बस्ने तय थियो । तर, अचानक अध्यक्ष नेम्वाङको स्वास्थ्यमा समस्या आएपछि बैठक अनिश्चित बनेको थियो ।

एजेन्डाविना बोलाइएको पहिलो बैठकले विवादास्पद रुपमा केही महत्वपूर्ण निर्णय गरेपछि आलोचनाको चौतर्फी घेराभित्र परेको एन्फा कार्यसमितिको यो बैठकलाई नेपाली फुटबल जगतले विशेष चासोका साथ हेरिरहेको छ ।

प्रकाशित मिति: Jul 19, 2022

प्रतिक्रिया दिनुहोस्