Logo
८ आश्विन २०८१, मंगलबार
(July 18, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अभिषेक राप्रपा नेपालको खेलकुद विभाग प्रमुख

राष्ट्रि प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले खेलकुद विभाग प्रमुखमा अभिषेक थापालाई मनोनयन गरेको छ ।

सोमबार पार्टी अध्यक्ष कमल थापाले केन्द्रीय समस्यसमेत रहेका अभिषेकलाई खेलकुद विभागको जिम्मेवारी सुम्पिएका हुन् ।

‘राप्रपा नपालको विधानबमोजिम तपाईलाई खेलकुद विभागको प्रमुख पदमा मनोनयन गरिएको सहर्ष जानकारी गराउँदछु,’ विज्ञप्तिमा भनिएको छ । अभिषेक थापा अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाका छोरासमेत हुन् ।

‘आफूलाई दिइएको जिम्मेवारी सक्रिय एवं इमान्दारीपूर्वक निर्वाह गरी राप्रपा नेपाललाई देशको एक अग्रणी राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको रूपमा स्थापित गर्ने अभियानमा योगदान गर्नुहुनेछ भन्ने विश्वास लिएको छु,’ कमल थापाले हस्ताक्षर गर]को विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति: Jul 18, 2022

प्रतिक्रिया दिनुहोस्