Logo
८ आश्विन २०८१, मंगलबार
(July 17, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गभर्नर अधिकारीको बर्खास्ती माग गर्दै वालुवाटारमा प्रदर्शन

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्ती माग गर्दै बालुवाटारमा प्रदर्शन गरिएको छ ।

नेपाली कांग्रेस निकट नेपाल बिद्यार्थी संघ र नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले संयुक्त रुपमा वालुवाटारमा विरोध प्रदर्शन गरेका हुन् ।

जारी प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ भने सो धरपकडको क्रममा केही प्रदर्शनकारी घाइतेसमेत भएका छन् ।

गभर्नर अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभागका सदस्य रहेको दावी गर्दै अधिकारीलाई बर्खास्त गर्नका लागि केही दिन देखी काठमाडौंमा प्रदर्शन भईरहेका छन । राजनीतिक संलग्नता नभएको स्वतन्त्र व्यक्ति मात्र गभर्नर हुनसक्ने प्रावधान रहेको तर अधिकारी एमालेको अर्थ बिभागमा रहेको भन्दै काठमाडौंमा नियमित प्रदर्शन भईरहेका हुन ।

नेकपा एमालेले भने एम अधिकारी भन्ने ब्यक्ति गर्भनर अधिकारी नभएको भन्दै प्रेस बिज्ञप्ति जारी गरिसकेको छ भने साथै गर्भनर अधिकारीलाई पत्र लेखेर एम अधिकारी भन्ने ब्यक्ति ‘तपाई नभएको’ ब्योहोराको पत्र पनि पठाईसकेको छ ।

प्रकाशित मिति: Jul 17, 2022

प्रतिक्रिया दिनुहोस्