Logo
८ आश्विन २०८१, मंगलबार
(July 13, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्रोत नखुलेको २० लाख नगद सहित दुई जना भारतीय पक्राउ

वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको २० लाख रूपैयाँ सहित दुई जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत बिहार मोतिहारी रक्सौल बस्ने २८ वर्षीय संजित कुमार र २४ वर्षीय अनुराग मिश्र रहेका छन् ।

बिआरओएसयु ३५०० नम्बरको मोटरसाइकललाई प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: Jul 13, 2022

प्रतिक्रिया दिनुहोस्