अन्तरिक्षको सुरुवातको झलक देखा पर्यो: जेम्स वेब टेलिस्कोपले पहिलो तस्वीर पठायो
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले जेम्स वेब स्पेस टेलिस्कोपबाट पहिलो तस्बिर सार्वजनिक गरनेका साथै यो ब्रह्माण्डको पहिलो उच्च रिजोल्युसन रंग छवि पनि हो ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउसको ब्रिफिङमाबाट जानकारी दिदै भने “आज ऐतिहासिक दिन हो । यो अमेरिका र सम्पूर्ण मानवताको लागि ऐतिहासिक हो । यी तस्विरहरूले देखाउँछन् कि अमेरिकाले कति ठूलो उपलब्धि गर्न सक्छ” ।
यस सफलतामा नासाका प्रमुख बिल नेल्सनले भने–हामी १३ अर्ब वर्ष पछाडि हेरिरहेका छौं । यी सानो कणहरू मध्ये एउटामा देखेको प्रकाश १३ अर्ब वर्षदेखि यात्रा गर्दै आएको छ।
अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले भनिन्– यो हामी सबैका लागि निकै रोमाञ्चक क्षण हो । आज ब्रह्माण्डको लागि नयाँ अध्याय सुरु भएको छ ।
नासाको जेम्स वेब स्पेस टेलिस्कोप गत वर्ष डिसेम्बर २५ मा फ्रान्सेली गुयानाको प्रक्षेपण आधारबाट एरियन रकेटमा प्रक्षेपण गरिएको थियो । यो टेलिस्कोप नासा, युरोपेली स्पेस एजेन्सी र क्यानडाको स्पेस एजेन्सीले बनाएको र यसका लागि करिब १२० हजार करोड रुपैयाँ खर्च भइसकेको छ ।
यसले अन्तरिक्षबाट पृथ्वीमा उड्ने चरालाई पनि सजिलै पत्ता लगाउन सक्छ भन्ने तथ्यबाट यसको क्षमताको अनुमान लगाउन सकिन्छ ।
यो अमेरिकी इतिहासमा सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय अन्तरिक्ष विज्ञान परियोजना हो जो नासाका दोस्रो प्रमुख ुजेम्स वेबु को नामबाट राखिएको हो ।
जेम्स वेब स्पेस टेलिस्कोप १९०० मा पठाइएको हबल टेलिस्कोप भन्दा १०० गुणा बढी शक्तिशाली छ। यसमार्फत ब्रह्माण्डको प्रारम्भिक कालमा बनेका आकाशगंगा, उल्कापिण्ड र ग्रहहरू पत्ता लगाउन सकिन्छ ।
यो टेलिस्कोपले ब्रह्माण्डको रहस्य प्रकट गर्नुका साथै एलियनको उपस्थिति पत्ता लगाउनेछ र यस मार्फत, वैज्ञानिकहरूले ब्रह्माण्डका धेरै अनसुलझे रहस्यहरू समाधान गर्ने प्रयास गर्नेछन् ।