Logo
८ आश्विन २०८१, मंगलबार
(July 12, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पुँजी बजारमा सामान्य सुधार

पुँजी बजारमा सामान्य सुधार देखिएको छ । यस दिन नेप्से ११.६८ अंकले बढेर १९२७.२८ विन्दुमा आएको छ ।

तीन दिन लगातार दबाब खेपेको बजारले मंगलबार भने सकारात्मक संकेत दिएको हो ।

विगत ११ महिनादेखि समग्रमा बजार डाउन ट्रेन्डमा छ । करिब ३२ सय हाराहारीमा पुगेपछि बजारले ओरालो यात्रा समाएको हो ।

यसबीचमा नेप्से कहिलेकाहीँ बढे पनि औसतमा तलै झर्ने प्रवृत्तिमा देखियो । बजारले करिब १८ खर्ब रुपैयाँ बजार पुँजीकरण गुमायो । सेयर भाउहरू ७०५ सम्म घट्यो । ५२ साताको औसत मूल्यभन्दा पनि भाउ तल आइसकेको छ ।

यतिबेला सेयर बजार मौद्रिक नीतिको पर्खाइमा छ । नयाँ नीतिबाट सेयर धितो कर्जामा ४–१२ करोडको सीमा हटेमा बजारले गति लिन सक्ने अनुमान गरिएको छ । यस्तै, बजारको दिगो सुधारका लागि वित्तीय प्रणालीमा पर्याप्त तरलता र ब्याजदर सस्तो हुनुपर्छ ।

प्रकाशित मिति: Jul 12, 2022

प्रतिक्रिया दिनुहोस्