मूल्य वृद्धि आकासियो, जेठमा मूल्य वृद्धि ८.५६ प्रतिशत
नेपाल राष्ट्र बैंकले गत जेठ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८।५६ प्रतिशत रहेको जनाएको छ ।
अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४।१९ प्रतिशत रहेको थियो ।
जेठ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७।४३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ९।४४ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
२०७९ जेठ मसान्तसम्म वार्षिक विन्दुगत मासिक औषत मुद्रास्फिति ६।०९ प्रतिशत रहेको छ ।
२०७८ जेठ महिनाको तुलनामा २०७९ जेठ महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, दुग्ध पदार्थ तथा अण्डा, सुर्तीजन्य पदार्थ, मदिराजन्य पेय पदार्थ र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि क्रमशः २२।६० प्रतिशत, ११।२२ प्रतिशत, ९।७० प्रतिशत, ९।६८ प्रतिशत र ९।१३ प्रतिशत रहेको छ ।
साथै, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, शिक्षा, फर्निसिङ्ग तथा घरायसी उपकरणहरु, मनोरञ्जन तथा संस्कृति र घरायसी उपयोगका वस्तुहरु उपसमूहका मुद्रास्फीति क्रमशः २५।७९ प्रतिशत, ११।६४ प्रतिशत, ८।३० प्रतिशत, ८।२१ प्रतिशत र ७।८४ प्रतिशत रहेको छ ।
जेठ महिनामा काठमाडौं उपत्यकामा ८।३२ प्रतिशत, तराईमा ८।२९ प्रतिशत, पहाडमा ९।२८ प्रतिशत र हिमालमा ८।९२ प्रतिशत मुद्रास्फीति रहेको छ ।
२०७८ जेठमा यी क्षेत्रहरुमा क्रमशः ३।८७ प्रतिशत, ४।४७ प्रतिशत, ४।३२ प्रतिशत र १।७२ प्रतिशत मुद्रास्फीति रहेको थियो ।