Logo
१२ आश्विन २०८१, शनिबार
(July 8, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अवैध लागूऔषधसहित तीन जना पक्राउ

झापा र मोरङबाट अवैध लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

झापाको झापा गाउँपालिका–३ झाटीस्थित खाली घरबाट करिब १३ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ र १ थान डिजिटल तराजु सहित २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सोही गाउँपालिका–३ रुईमारी बस्ने २२ वर्षीय फरमान अली र सोही गाउँपालिका–४ बस्ने ३२ वर्षीय मनोज गणेश रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरो काकडभिट्टा, इलाका प्रहरी कार्यालय कुमारखोद र प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

साथै उनीहरूले प्रयोग गरेको प्र–१–०१–९१३ प ८३४० नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

मोरङको सुन्दरहरैचा नगरपालिका–१० बस्ने ३२ वर्षीय केशव तामाङलाई करिब १ किलो १२० ग्राम अवैध लागूऔषध गाँजा सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति: Jul 8, 2022

प्रतिक्रिया दिनुहोस्