Logo
७ आश्विन २०८१, सोमबार
(July 8, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

महोत्तरीको महोत्तरी गाँउपालिका–५ गौरिगामा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भिर घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार महोत्तरी गाँउपालिका–६ का ३० वर्षीय मुकेश मण्डल रहेका छन् । गम्भिर घाइते भएका मुकेशको उपचारको क्रममा जलेश्वर स्थित प्रादेशिक अस्पतालमा आज बिहान सवा ३ बजे मृत्यु भएको हो ।

गम्भिर घाइते भएका मोटरसाइकलमा सवार ३२ वर्षीय अनिल कुमार मण्डलको सोही अस्पतालमै उपचार भइरहेको छ ।

मडैबाट बलबातर्फ जाँदै गरेको ज ११ प १७२३ नम्बरको मोटरसाइकल गएराती १ बजे नियन्त्रण गुमाएर पल्टिएको थियो ।

मोटरसाइकलमा सवार दुईजनामध्ये चालक को हुन् भन्ने बारे खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

 

प्रकाशित मिति: Jul 8, 2022

प्रतिक्रिया दिनुहोस्