Logo
७ आश्विन २०८१, सोमबार
(July 8, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमाले केन्द्रीय विभागको बैठक सुरु, ओलीले सम्बोधन गर्ने

एमाले केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र सचिवहरूको बैठक केन्द्रीय कार्यालयमा सुरु भएकाे छ ।

बैठकमा महासचिव शंकर पोखरेलले विभागका कामहरूका बारेमा अपेक्षा र जिम्मेवारीहरूका बारेमा धारणा राखिरहेका छन् ।

चार दिनअघि एमालेले २७ वटा केन्द्रीय विभागलाई पूर्णता दिएको थियो । आजको बैठकमा तिनै विभागका प्रमुख, उपप्रमुख, सचिवलगायत उपस्थित छन् ।

महासचिव पोखरेलले सम्बोधन गरेपछि बैठकलाई अध्यक्ष केपी ओलीले सम्बोधन गर्ने केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

प्रकाशित मिति: Jul 8, 2022

प्रतिक्रिया दिनुहोस्