Logo
१० मंसिर २०८१, सोमबार
(July 5, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जिनपिङको तानाशाहीबाट पीडित चिनियाँ जनताः १० वर्षमा ७ लाखभन्दा बढीले मागे विदेशी शरण

विगत तीन दशकमा चीनले हासिल गरेको आर्थिक प्रगति देखेर सारा विश्व चकित भएको छ र सी जिनपिङ राष्ट्रपति बनेपछि चीनले आफूलाई रणनीतिक रूपमा बलियो बनायो तर, सरकारी दमनको यो दुष्टचक्रमा लाखौं जनता सताइएका पनि छन् ।

जिनपिङको यो तानाशाहीबाट बच्न विगत १० वर्षमा ७ लाखभन्दा बढी चिनियाँले विदेशबाट शरण लिएका छन् ।

हङकङ पोस्टको रिपोर्टका अनुसार २०१२ देखि करिब ७।३० लाख मानिसले विदेशी शरण मागेका छन्, जसमध्ये १ लाख ७० हजार आवेदन स्वीकृत भएको र अमेरिकाले सबैभन्दा बढी ८८,७२२ आवेदन स्वीकार गरेको छ।

जी चेन भन्छन् कि- चीनमा केही वर्षदेखि तालाबन्दी छ, त्यसपछि पनि देश छोड्न चाहनेहरूको संख्या हरेक वर्ष बढिरहेको र विदेशी शिक्षा, लगानी भिसा र रेसिडेन्ट कार्ड मार्फत मानिसहरु देश छाड्न खोजिरहेका छन् ।

सी जिनपिङले चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को महासचिवको पदभार ग्रहण गरेदेखि नै अन्तर्राष्ट्रिय स्तरमा फैलिएका विरोधीहरूका लागि ‘फक्सहन्ट’ नीति लिएका छन् ।

प्रकाशित मिति: Jul 5, 2022

प्रतिक्रिया दिनुहोस्