Logo
७ आश्विन २०८१, सोमबार
(July 5, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दक्षिण चीन सागरमा १२ शव फेला

दक्षिण चीन सागरमा १२ शव फेला परेका छन् । फेला परेका शव यसै सप्ताहन्तमा दुर्घटनाग्रस्त जहाजका चालक दलका सदस्य रहेका अनुमान गरिएको छ । । दुर्घटनाग्रस्त जहाजमा चालक दलका ३० जना सदस्य थिए ।

हङकङको दक्षिणपश्चिममा १६० समुद्री माइल टाढा रहेको एउटा इन्जिनियरिङ जहाज टाइफुनपछि दुर्घटनामा परेको थियो । टाइफुनका कारण जहाजमा ठूलो क्षति भएको थियो । टाइफुनले जहाज दुई टुक्रामा विभाजित भएको थियो ।

चिनियाँ सञ्चार माध्यमका अनुसार शनिबार तीन जना र थप एक जनालाई सोमबार बिहान उद्धार गरिएको थियो ।

हङकङका अधिकारीहरूले यसअघि उपलब्ध गराएको नाटकीय फुटेजमा एक व्यक्तिलाई हेलिकप्टरमा चढेको देखाइएको थियो जबकि छालहरू तल अर्ध डुबेको जहाजको डेकमा ठोक्किएको थियो ।

 

प्रकाशित मिति: Jul 5, 2022

प्रतिक्रिया दिनुहोस्