इटालीमा अल्पाइन हिम नदीको ठूलो भाग भत्किँदा ६ जनाको मृत्यु
इटालीको अल्पाइन ग्लेशियरको ठूलो भाग भत्किदा यसको चपेटामा परेर कम्तीमा ६ जनाको मृत्यु र ८ जना घाइते भएका छन् ।
इटालीको सरकारी टेलिभिजन च्यानलका अनुसार हिउँ र चट्टानको भग्नावशेषमुनि १८ जना मानिस फसेका छन् र मृत्यु हुनेको संख्या बढ्न सक्छ ।
नेसनल अल्पाइन एण्ड केभ रेस्क्यू कोर्प्स अफिसर माइकला कानोभाले भने-सूचना प्राप्त हुनासाथ मानिसहरूलाई बचाउने अभ्यास सुरु गरिएको र ५ जनालाई ट्रेन्टोको अस्पतालमा लगिएको छ ।
अल्पाइन उद्धार सेवाका प्रवक्ता वाल्टर मिलानले पुन्टा रोक्का नजिकैको इटालियन डोलोमाइट्सको सबैभन्दा अग्लो माउन्ट मार्मोलाडामा ग्लेशियर खसेको बताएको र मारमोलाडा चुचुरो क्षेत्रमा जारी उद्धार कार्यमा ५ वटा हेलिकप्टर र स्निफर कुकुरको सहयोग लिइएको छ ।
ग्लेशियरको ठूलो हिस्सा के कारणले भत्कियो भन्ने थाहा नभएको र इटालीले जुन महिनादेखि चर्को गर्मीको सामना गरिरहेको त्यसैले फुट्नुको कारण गर्मी पनि हुनसक्छ ।
इटालियन वैज्ञानिकहरूले यसलाई जोगाउन अल्पाइन पहाडहरूमा रहेको हिमनदीमा सूर्यको किरण प्रतिबिम्बित गर्ने तिरपाल राखे र यो काम सम्पन्न गर्न इटालियन सरकारले क्यारोसेलो टोनाले कम्पनीलाई जिम्मेवारी दिएको छ ।