Logo
२ कार्तिक २०८१, शुक्रबार
(July 26, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नितिशको राजिनमा : BJP को सर्मथनमा फेरी सरकार बनाउने

भारत बिहारका मुख्यमन्त्री नितिशकुमारले राजिनमा दिएका छन । यो राजिनमासंगै जनता दल युलाइटेडका प्रमुख एवं मुख्यमन्त्री नितिशकुमार र राष्टिय जनता दलका प्रमुख लालुप्रसाद यादववीच सम्बन्ध बिच्छेद भएको छ ।

यता ४ वर्षपछि भारतिय जनता पार्टी र नितिशकुमार वीच फेरी गठबन्धन हुने भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले नितिशलाई बधाई दिदै आफनो पार्टीको सर्मथनमा फेरी मुख्यमन्त्री बन्न प्रस्ताव गरेका छन ।

भारतिय मिडियाहरुका अनुसार नितिशले बुधवार साँझ साढे सात बजे राजिनमा दिएका हुन भने उनी बिजेपीको प्रस्ताव स्वीकार गर्दे बुधवारै राज्यपाल सपक्ष अर्को सरकार बनाउने दावी पेस गर्ने छन ।

यसअघि नरेन्द्रमोदीलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिदा नितिशले लामो समयको बिजेपी गठबन्धन तोडदै लालुसंग गठबन्धन गरेका थिए ।  एजेन्सी ।

प्रकाशित मिति: Jul 26, 2017

प्रतिक्रिया दिनुहोस्