Logo
७ आश्विन २०८१, सोमबार
(July 3, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीनको ग्वाङ्डोङ प्रदेशमा तैरिरहेको क्रेन डुब्दा २७ जना बेपत्ता

ग्वाङ्डोङ प्रान्तमा शनिबार बिहान पानीमा तैरिरहेको क्रेन डुब्दा २७ जना बेपत्ता भएको सामुद्रिक खोज तथा उद्धार केन्द्रले घटना बारे पुष्टि गरेको छ ।

सिन्ह्वाका अनुसार सो तैरिरहेको क्रेन याङजियाङ सहरनजिकैको पानीमा चाबा नामक आँधीबाट जोगिने क्रममा यसको मुरिङ चेन भत्केपछि लंगर तानिएको र खतरामा रहेको अनुगमन प्रणालीले जनाएको छ ।

बेपत्ताहरुको खोजीका लागि आसपासका उद्धार हेलिकप्टर, उद्धार जहाज र व्यापारिक जहाजहरू परिचालन गरिएको छ ।

केन्द्रका अनुसार राति १२ बजेतिर तीन जनाको उद्धार गरिएको थियो भने २७ जना पानीमा डुबेर बेपत्ता छन् ।

न्यूयोर्क पोस्टका अनुसार ६८ माइल प्रतिघण्टाको गतिमा हावा चलेको बताइएको छ ।

 

प्रकाशित मिति: Jul 3, 2022

प्रतिक्रिया दिनुहोस्