८ वर्षीय बालकले एक वर्षको बालिकालाई गोली हाने
अमेरिकाको फ्लोरिडास्थित एक मोटेलमा ८ वर्षीय बालकले एक वर्षीया बालिकालाई गोली हानेका छन् ।
बच्चाले अकस्मात बुबाको बन्दुकबाट गोली चलाएको थियो त्यसैले प्रहरीले बालकका बाबुलाई पक्राउ गरेको छ ।
केटाका बुबा रोडरिक ड्वेन रान्डलले पेन्साकोला मोटेलको कोठामा बन्दुक लुकाएर राखेका थिए तर कोठाबाट निस्कँदा उनका छोराले बन्दुक फेला पारे र गोली चलाएको थियो ।
सिमन्सले भने “घटना पछि रोडरिकले प्रमाणसँग छेडछाड गरे। उसले फेरि कोठामा राखिएको लागूऔषध र बन्दुक लुकाउन खोजेको र एक साताको अनुसन्धानपछि उनलाई पक्राउ गरिएको हो ।”
केटाका बुबालाई बन्दुक राखेको, लापरवाही र प्रमाण छेडेको आरोप लगाइएको छ।