Logo
७ आश्विन २०८१, सोमबार
(June 29, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फ्रेन्की डी जोङ भित्र्याउने तयारीमा म्यानचेष्टर युनाइडेट

इंग्लिस क्लब म्यानचेष्टर युनाईटेडले स्पेनिस ला लिगा क्लब बार्सिलोनाका मिडफिल्डर फ्रेन्की डी जोङ अनुबन्ध गर्ने तयारी गरेको छ ।

जसका लागि क्लब ६५ मिलियन युरो तिर्न समेत तयार रहेको छ । यद्यपि केही कामले भने पूर्णता पाएको छैन । तर, स्थानान्तरणका लागि युनाइडेट बोर्ड सकारात्मक देखिएको छ ।

२५ वर्षीय नेदरल्यान्डका खेलाडीलाई नयाँ म्यानेजर एरिक टेन हाङले सुरुवातबाटै आफ्नो रणनीतिमा राखेको थिए । सन् २०१९ मा डी जोङ डच क्लब अजाक्सबाट बार्सिलोना भित्रिएका थिए । बार्सिलोना रहँदा उनले ९८ खेलमा ८ गोल गरेका छन् ।

प्रकाशित मिति: Jun 29, 2022

प्रतिक्रिया दिनुहोस्