Logo
६ आश्विन २०८१, आईतबार
(June 22, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जिल्ला स्वास्थ्य कार्यालय हुम्लाकाे गेट नजिक शंकास्पद वस्तु फेला

हुम्ला सदरमुकाम सिमकोटस्थित स्वास्थ्य कार्यालयको गेट नजिनकै खेतमा शंकास्पद वस्तु भेटिएको छ । कृषक सोनाम लामाको खेत जोत्ने क्रममा शंकास्पद वस्तु भेटिएपछि जिल्ला प्रहरी कार्यलय सिमकोटलाई खबर गरेको कृषक लामाले बताए ।

खेतमा भेटिएको शंकास्पद वस्तु पाइप बम हुन सक्ने स्थानीले बताएका छन् । तर, जिल्ला प्रहरी कार्यालय हुम्लाले भने अहिले नै बम हाे भन्न नसकिने , तर शंकास्पद वस्तु रहेको जनाएकाे छ ।

नेपाली सेनाको डिस्पोजल टोली शंकास्पद वस्तु भेटिएको स्थान पुगेको जिल्ला प्रहरी कार्यालय हुम्ला डिएसपी कृष्णाराज ओझाले जानकारी दिए । सशस्त्र माओवादी युद्धको बेला राखिएको पाइप बम हुन सक्ने स्थानीयवासीकाे आश‌ंका छ ।

प्रकाशित मिति: Jun 22, 2022

प्रतिक्रिया दिनुहोस्