Logo
६ आश्विन २०८१, आईतबार
(June 20, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बैतडीमा जीप दुर्घटना हुँदा दुई जना घाइते

बैतडीको पज्यूनयाँमा साेमबार जीप दुर्घटना भएको छ । से १ ज १०८७ नम्बरको जीप दुर्घटना हुँदा दुई जना जना घाइते भएका छन् । घाइते हुनेमा शैल्यसिखर नगरपालिका दार्चुलाका गाडीधनी हरिदत्त जोशी र चालक २५ वर्षीय भुवन विष्ट रहेको प्रहरीले जनाएको छ । गाडीमा अन्य यात्रु थिएनन् । जीप दिउँसो ३ बजेतिर दुर्घटना भएको हो ।

घाइते दुवै जनाको गोकुलेश्वर अस्पतालमा उपचार भैरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको गोकुलेश्वर प्रहरी चौकीका हवल्दार सन्जय धामीले बताए । जीप पज्युनयाँ बजारबाट गोकुलेश्वरतर्फ गइरहेको उनले बताए ।

प्रकाशित मिति: Jun 20, 2022

प्रतिक्रिया दिनुहोस्