Logo
६ आश्विन २०८१, आईतबार
(June 17, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहबाट कार्यालय निरीक्षण

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरी प्रधान कार्यालयस्थित विभिन्न कार्यालयको शुक्रबार निरीक्षण गरेका छन् ।

सो क्रममा उनले कार्य विभाग र अपराध अनुसन्धान विभाग तथा मातहत निर्देशनालय, महाशाखा, सशस्त्र प्रहरी गण नम्बर १, केन्द्रीय प्रहरी विशेष कार्यदल, डिजिटल फरेन्सिक ल्याब, डाटा सेन्टर लगायतका कार्यालयहरूको निरीक्षण गरेका थिए ।

निरीक्षणको क्रममा प्रहरी महानिरीक्षक सिंहले प्रत्येक कार्यालयको गतिविधि एवं दैनिक काम कारबाहीबारे जानकारी लिएका थिए ।

साथै उनले प्रत्येक कार्यालयहरूको काम कारबाहीलाई अझ बढी प्रभावकारी बनाउनका लागि आवश्यक सुझाव समेत दिउका थिए ।

निरीक्षणका क्रममा प्रहरी महानिरीक्षक सिंहलाई सम्बन्धित विभाग, महाशाखा लगायतमा कार्यरत प्रहरी कर्मचारीहरुले आ–आफ्नो कार्यालयको काम एवं गतिविधिबारे जानकारी गराएका थिए ।

प्रकाशित मिति: Jun 17, 2022

प्रतिक्रिया दिनुहोस्