Logo
७ मंसिर २०८१, शुक्रबार
(July 25, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज साँझ नयाँ मन्त्रीको सपथ, गच्छदारले पुरानैको नाम बुझाए

काठमाडौं । सरकार गठन भएको डेढ महिनापछि प्रधानमन्त्री शेरबहादुर देउवाले आज साँझ मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन । प्रधानमन्त्री कार्यलय श्रोतले आजै मन्त्रिपरिषद बिस्तार गर्ने तयारीको पुष्टि गरेतापनि मन्त्रीहरुको नामावली तय गर्न चौतर्फी छलफल चलिरहेको बताए ।

प्रधानमन्त्री कार्यलय श्रोतले उपप्रधानमन्त्री बिजायकुमार गच्छदारले मात्र आफना मन्त्रीहरको नाम सिफारिस गरेको भन्दै अन्य दलका मन्त्रीहरुको नामबारे छलफल भइरहेको बतायो । मन्त्रीको नाम टुंगो लगाउन दलहरु आन्तरिक छलफलमा रहेको बेला मुख्य सचिव राजेन्द्र किशोर क्षेत्रीले मन्त्रीको शपथ ग्रहण समारोहको तयारी गर्न राष्ट्रपति कार्यालयलाई समेत आग्रह गरेका छन ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार मुख्य सचिवले राष्ट्रपति कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौडेललाई फोन गरि तयारीमा रहन निर्देशन दिएका हुन् । राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले लिखित जानकारी नआएपनि मुख्य सचिवबाट सपथ ग्रहणको तयारी गर्न जानकारी आएको पुष्टि गरे ।‘सकेसम्म आजै हुन्छ जस्तो छ, हेरौं के हुन्छ’ शर्माले भने ‘मुख्य सचिव ज्यूले फोन गरेर निर्देशन दिनुभाछ, पत्र आउनसाथ औपचारिक जानकारी गरौंला’ ।

आज गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम, नेपाली काँग्रेस र माओवादी केन्द्रका गरि तिनवटा दलबाट मन्त्रीको टुंगो लगाउन आन्तरिक छलफल भइरहेको बताइएको छ । गच्छदारले यस अघि रहेका मन्त्रलाय र पुरानै मन्त्रीहरुको नाम सिफारिस गरेको बताइएको छ । काँग्रेस र माओवादीको छलफल टुंगोमा पुगे ५ वजे नव नियुक्त मन्त्रीहरुका शपथ ग्रहण हुने प्रधानमन्त्री कार्यालय स्रोतको भनाई छ ।

प्रकाशित मिति: Jul 25, 2017

प्रतिक्रिया दिनुहोस्