Logo
५ आश्विन २०८१, शनिबार
(June 9, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चिया तथा कफी विकास बोर्डका तत्कालिन कार्यकारी निर्देशकविरुद्ध अख्तियारको आरोपपत्र दायर

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका तत्कालिन कार्यकारी निर्देशक शेषकान्त गौतम, तत्कालीन प्रशासन शाखा प्रमुख रघुपति चौधरी, कृषि विकास अधिकृत गौरव लुईंटेल र लेखा अधिकृत टंकप्रसाद ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुशन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

०७२ सालमा प्रकाशित कर्मचारी पदपुर्तिका क्रममा न्यूनतम शैक्षिक योग्यता नहेरी, बदनियत राखी न्यून एवं अमिल्दो शैक्षिक योग्यताको तथ्यलाई लुकाईछिपाई योग्यता नपुगेका आवेदकको दरखास्त फारामहरु ठीक छ भनी प्रमाणित गरी गलत प्रतिवेदन दिई स्वीकृत गरेको अख्तियारको आरोप छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले मिति २ असोज २०७२ मा कृषि प्राविधिक र लेखापाल पदमा निवेदन आह्वान गरेको थियो ।

प्रकाशित मिति: Jun 9, 2022

प्रतिक्रिया दिनुहोस्