Logo
१० मंसिर २०८१, सोमबार
(June 9, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्तिम खेलमा नेपालले मलेसियालाई हरायो

आइसीसी यु १९ महिला टी २० विश्वकप छनोटको अन्तिम खेलमा नेपालले मलेसियालाई २५ रनले पराजित गर्दै प्रतियोगिताको सुखद अन्त्य गरेको छ । मलेसियाको राजधानी क्वालालम्पुरमा नेपालले दिएको ८७ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर ६१ रन मात्र बनाउन सक्यो ।

मलेसियाकी एल्सा हन्टेरले सर्वाधिक २८ रन बनाइन् । यसबाहेक एैनुर रिधवानले आठ, नुरहसिमा तजुद्दिनले सात र नुर अबेदुल समदले पाँच रन जोडिन् । नेपालकी कप्तान कृतिका मरासिनीले दुई विकेट लिँदा मनिषाकुमारी उपाध्यायले एक विकेट लिइन् ।

यसअघि टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा सात विकेट ८६ रनको योगफल तयार गरेको थियो । नेपालकी अन्जली विश्वकर्माले सर्वाधिक ३३ रन बनाइन् । यस क्रममा अन्जलीले ५४ बलको सामना गरेकी थिइन् । यसबाहेक, आश्मा पुलामीले २६ रन बनाइन ।

मलेसियाकी नुर अबेदुल समदले दुई र एल्सा हन्टेरले एक विकेट लिए ।मलेसियामाथिको जितका बावजुद नेपाल प्रतियोगिताबाट बाहिरिसकेको छ ।

यसअघि पहिलो खेलमा कतारलाई ७९ रनले पराजित गर्दा नेपाल दोस्रो खेलमा संयुक्त अरब इमिरेट्स (युएई) सँग भने १० विकेटले पराजित भएको थियो । यस्तै तेस्रो खेलमा चार विकेटले पराजित गरेको नेपाल चौथो खेलमा थाइल्यान्डसँग ४९ रनले पराजित भएको थियो ।

प्रकाशित मिति: Jun 9, 2022

प्रतिक्रिया दिनुहोस्