Logo
५ आश्विन २०८१, शनिबार
(June 9, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय एक दम्पत्तिको नियति : अस्पतालबाट छोराको शव उठाउन सर्वसाधारणको दैलोमा भिख

एक दम्पतीले आफ्नो छोराको शव अस्पतालबाट उठाउन सर्वसाधारणको घर घरमा पुगेर पैसा मागेको एउटा भिडियोले भारतमा सामाजिक सञ्जाल तातिएको छ ।

उत्तरी राज्य बिहारको समस्तीपुर सहरमा खिचिएको भिडियो क्लिपमा वृद्ध पुरुष र महिला घरघर गएर मानिसहरूलाई मद्दत मागिरहेको देख्न सकिन्छ ।

अस्पतालका कर्मचारीले आफ्नो मृत छोराको शवको बदलामा मोटो घुस मागेपछि उनीहरूले भिख माग्न बाध्य भएको दम्पतीले बताए ।

दोषी कर्मचारीविरुद्ध कारबाही गरिने कर्मचारीले जनाएको छ । दम्पतीको अवस्थाले हजारौं गरिब भारतीय परिवारहरूको दुर्दशालाई प्रतिबिम्बित गर्दछ जसले अस्पतालबाट शव उठाउन मोटो रकम तिर्नुपर्छ ।

केही दिनअघि मुकेश ठाकुर र उनको पत्नीको छोरा हराए । यसै साताको सुरुमा छोरा हराएको सूचना आयो । उनको शव शहरको सद्दार अस्पतालमा रहेको खुलासा भयो ।

सद्दार अस्पताल पुगेपछि अस्पतालका कर्मचारीले शव लैजान ५० हजार भारु मागेका थिए । कर्मचारीले घुस मागेपछि बाबुआमा छोराको शव उठाउन सर्वसाधारणको घरघरमा पैसा संकलनका लागि पुगेका हुन् ।

उनीहरुले पैसा संकलन गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

घटनाबारे आफूले नजिकबाट अवलोकिन गरिरहेको सो अस्पतालका चिकित्सक एसके चौधरी बताउँछन् । उनको भनाइ उदृत गर्दै भारतीय समाचार संस्था एनडीटीभीले लेखेको छ, ‘दोषीलाई छुट दिइने छैन । यो मानवताको लागि लज्जास्पद विषय हो ।

प्रकाशित मिति: Jun 9, 2022

प्रतिक्रिया दिनुहोस्